“धनुषाको केही पालिकाका कर्मचारी र शिक्षक तलब तथा सुविधाबाट बञ्चित”

अशोज २७, २०८२

जनकपुरधाम, २७ आश्विन — धनुषा जिल्लाका ६ स्थानीय तहका कर्मचारी र शिक्षकहरूले तलब तथा सुविधाबाट बञ्चित भएका छन्। नगरसभाहरू नहुँदा तिहारको समयमै उनीहरूले तलब भत्ता पाउन सकेका छैनन्।जिल्लाका मिथिला, क्षीरेश्वरनाथ, कमला, हंसपुर नगरपालिका र औरही गाउँपालिका मा नगरसभा नै हुन सकेको छैन। योजनासम्बन्धी विवादका कारण जनप्रतिनिधिहरू बीच सहमति नहुँदा सभा स्थगित भएको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राज नन्दन मण्डलले जानकारी दिएका छन्।अन्य पालिकामा विवादको बाबजुद समन्वय समितिको प्रयासपछि सभा भए पनि, ६ पालिकामा वार्षिक नियमित अधिवेशन सम्पन्न हुन सकेको छैन।समन्वय समितिका प्रमुख मण्डलका अनुसार, “धेरै पालिकामा कुनै एक दलको बहुमत छैन। यसकारण, हरेक वर्ष योजना बाँडफाँड र बजेट संचालनमा विवाद हुने गर्दछ। स्थानीय शासन ऐनअनुसार पालिकाले बजेट पास नगरी तलब भत्तासहित कुनै पनि शीर्षकमा खर्च गर्न सक्दैन, जसका कारण कर्मचारीहरू सेवा सुविधाबाट बञ्चित भएका छन्।”

सम्पर्कमा रहनुहोस्