अशोज २५, २०८२
“हामीले पत्ता लगायौँ कि सङ्क्रमित पिताबाट जन्मिएका सन्तानहरूले असङ्क्रमित पिताका सन्तानहरूको तुलनामा बढी चिन्ताजनक व्यवहार प्रदर्शन गरे”, अध्ययनकी मुख्य लेखिका डा. एलिजाबेथ क्लेम्यानले भन्नुभयो ।नेचर कम्युनिकेसन्स नामक प्रतिष्ठित सहकर्मी–समीक्षित जर्नलमा प्रकाशित उक्त अध्ययन अनुसार सङ्क्रमित पिताबाट जन्मिएका सबै सन्तानहरूमा समान परिवर्तनहरू देखिए । विशेष गरी, तीमध्ये पोथीहरूले मस्तिष्कको भावनात्मक नियन्त्रणमा भूमिका खेल्ने हिप्पोक्याम्पस क्षेत्रमा केही महत्त्वपूर्ण जीनहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखाए ।सह–वरिष्ठ अनुसन्धानकर्ता डा. क्यारोलिना गुबर्टले भन्नुभयो, “यी परिवर्तनहरू एपिजेनेटिक उत्तराधिकार र मस्तिष्क विकासमा हुने असन्तुलनका कारण सन्तानमा देखिएको बढी चिन्ताको स्रोत हुन सक्छन् ।”अनुसन्धानका प्रमुख लेखक डा. एन्थोनी हान्नानले भन्नुभयो, “यो अध्ययनले कोभिड–१९ सङ्क्रमणले पिताको शुक्राणुको आरएनएमा अणु–स्तरमा परिवर्तन ल्याउने देखाएको छ, जसले मस्तिष्क विकाससँग सम्बन्धित जीनहरूको नियमनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।”फ्लोरे इन्स्टिच्युटका अनुसार यो अध्ययन यस्तो प्रकारको पहिलो प्रमाण हो जसले कोभिड सङ्क्रमणले भावी पुस्ताको व्यवहार र मस्तिष्क विकासमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखाउँछ ।डा. हान्नानले भन्नुभयो, “यी निष्कर्षहरू अत्यन्तै महत्त्वपूर्ण छन् । यदि यस्ता परिवर्तनहरू मानवमा पनि दोहोरिए भने यसले विश्वभरका लाखौँ बालबालिका र उनीहरूका परिवारहरूको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।”
तर अनुसन्धानकर्ताहरूले यसबारे सावधानीपूर्वक निष्कर्ष निकाल्दै मानिसमा पनि यस्ता परिवर्तनहरू हुन्छन् कि हुँदैनन् भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० को सुरुमा फैलिएको कोभिड–१९ महामारीले अहिलेसम्म विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्यु गरिसकेको छ । यद्यपि वास्तविक सङ्ख्या योभन्दा धेरै हुनसक्ने अनुमान गरिएको छ ।महामारी र त्यसका लागि अपनाइएका प्रतिबन्धात्मक उपायहरूले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यमा गहिरो असर पारेको पनि प्रमाणित भइसकेको छ । विशेषगरी, आफ्नो जीवनको सामाजिकरूपले संवेदनशील अवस्थामार्फत अलगावमा बस्न बाध्य भएका युवाहरूमा यसले दीर्घकालीन मानसिक असर पारेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।सन् २०२३ मा नेचर ह्युमन बिहेभियर जर्नलमा प्रकाशित १५ देशका करिब ४० वटा अनुसन्धानको समीक्षाले बालबालिकाहरू अझै पनि महामारीका कारण शिक्षामा परेको अवरोधको प्रभावबाट पूर्णरूपमा उक्लन नसकेको निष्कर्ष निकालेको थियो ।
सिड्नी, २५ असोज (रासस/एएफपी)