अशोज २४, २०८२
दुशान्बे, ताजिकिस्तान, असोज २४, २०८२ (अक्टोबर १०, २०२५) —
ताजिकिस्तानको राजधानी दुशान्बेमा भएको स्वतन्त्र राष्ट्रहरूको साझा सङ्घ (CIS) को शिखर सम्मेलनको अवसरमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र काजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकेयेभबीच विशेष वार्ता भएको छ।वार्ताका क्रममा दुवै राष्ट्रपतिले दुईपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र रणनीतिक साझेदारीका विषयमा छलफल गरेका छन्। यो CIS सम्मेलनमा मध्य एशियाली र पूर्वीय युरोपका सदस्य राष्ट्रहरूले क्षेत्रीय सहयोगलाई थप सुदृढ गर्ने र आपसी व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ भाग लिएका छन्।राष्ट्रपति पुटिनले वार्तापछि आफ्नो सम्बोधनमा भने, “हामी मध्य एशियाली साझेदारहरूसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउन प्रतिबद्ध छौं।”
त्यस्तै, राष्ट्रपति टोकेयेभले पनि दुबै देशबीचको दीर्घकालीन सहयोग र रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।CIS शिखर सम्मेलन दुशान्बेस्थित नेशन प्यालेसमा भएको थियो, जहाँ सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय स्थिरता र आपसी सहयोगका महत्वपूर्ण विषयमा छलफल गरेका थिए।
(फोटो: भ्लादिमिर स्मिरनोभ, स्पुटनिक, क्रेमलिन पूल फोटो, एपी मार्फत)