फिलिपिन्सका पूर्वराष्ट्रपति डुतेर्तेको रिहाइको प्रस्ताव आइसिसीद्वारा अस्वीकार
समय सूत्र @
अशोज २४, २०८२
मानवताविरुद्धको अपराधको आरोप लागेका फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेको चिकित्सकीय आधारमा रिहाइको लागि गरिएको मागलाई शुक्रबार अन्तर्राष्ट्रिय फौजदारी अदालतले अस्वीकार गरेको छ।पूर्वराष्ट्रपति डुतेर्तेको प्रतिरक्षा टोलीले स्वास्थ्यको समस्या देखाउँदै रिहाइको माग गरेको थियो । अदालतबाट डुतेर्तेको प्रतिरक्षा टोलीको अनुरोध अस्वीकारपछि उहाँ हिरासतमा रहनुहुनेछ ।आइसिसीका न्यायाधीशहरूले डुतेर्तेलाई कुनै पनि बहानामा हिरासतबाट बाहिर जान दिइएमा यसले उहाँ भाग्नसक्ने जोखिम रहने र साक्षीहरूलाई प्रभावित गर्न सक्ने स्थिति आउनसक्ने बताएका छन् ।डुतेर्ते भाग्नसक्ने जोखिम रहने र साक्षीहरूलाई प्रभावित गर्न सक्ने स्थिति ८० वर्षीय वृद्धले भोगेको कुनै पनि चिकित्सा समस्याभन्दा जटिल हुनेछ।आइसिसीले अक्टोबर १० मा जारी गरेको कडा निर्णयमा भनिएको छ, “च्याम्बरले डुतेर्तेलाई नजरबन्दमा राख्न आवश्यक रहेको ठहर गरेको छ।”आइसिसीका अभियोजनकर्ताहरूले डुटेर्टेमाथि मानवताविरुद्धको तीन अपराधको आरोप लगाएका छन् र उहाँले ‘लागूऔषध विरुद्धको युद्ध’ अन्तर्गत कम्तीमा ७६ हत्यामा संलग्न रहेको आरोप लगाएका छन्।दुतेर्तेविरूद्धका पहिलो आरोप उहाँ डाभाओ शहरको मेयर हुँदा २०१३ र २०१६ को बीचमा भएका १९ हत्यामा सह–अपराधीको रूपमा उहाँको कथित संलग्नतासँग सम्बन्धित छ।
दोस्रो आरोप सन् २०१६ र २०१७ मा डुतेर्ते राष्ट्रपति हुँदा तथाकथित ‘अत्यधिक कारबाहीका निसानाहरू’ मानिएका १४ हत्यासँग सम्बन्धित छ।
तेस्रो आरोप भनेको तल्लो स्तरको कथित लागूऔषध प्रयोगकर्ता वा प्रोत्साहनकर्ताविरूद्ध गरिएको लगभग ४३ हत्याहरू हुन्। अभियोजनकर्ताले यी सन् २०१६ र २०१८ को बीचमा फिलिपिन्समा भएका थिए।
डुतेर्तेलाई मार्च ११ मा मनिलामा पक्राउ गरिएको थियो र त्यही रात नेदरल्यान्ड्स लगिएको थियो र त्यसयता उहाँलाई आईसीसीको हिरासतमा राखिएको छ।उमेर र स्वास्थ्य समस्याका कारण उहाँले भिडियो लिङ्कमार्फत् आफ्नो प्रारम्भिक सुनुवाइमा सहभागिता जनाउनुभएको थियो । भिडियोमा उहाँलाई कमजोर स्वास्थ्य अवस्थामा देखिएको थियो ।उहाँका वकिल निकोलस काउफम्यानले भन्नुभएको छ, “डुतेर्ते ‘धेरै संज्ञानात्मक कमजोरी’ का कारण सुनुवाइमा उपस्थित हुन सक्षम हुन्ुहुन्न।”काउफम्यानले डुतर्र्तेविरुद्धको कारबाही अनिश्चितकालका लागि स्थगित गर्न आईसीसीसँग आग्रह गर्नुभएको छ।
द हेग, २४ असोज (रासस/एएफपी)