अशोज २४, २०८२
अमेरिकी ओलम्पिक जिम्नास्ट सिमोन बाइल्स (Simone Biles) ले बिहीबार बुएनोस आयर्सस्थित मेरी तेरेन डे वाइज स्टेडियम (Mary Terán de Weiss Stadium) मा आयोजना गरिएको जिम्नास्टिक्स क्लिनिकमा सहभागी भइन्।कार्यक्रमका क्रममा उनले साना तथा युवा जिम्नास्टहरूलाई अभ्यास अवलोकन गर्दै प्रोत्साहन दिएकी थिइन्। बाइल्सलाई विश्वकै उत्कृष्ट जिम्नास्टमध्ये एक मानिन्छ, जसले ओलम्पिक खेलकुदमा अनेकौं स्वर्ण पदक जितेकी छन्।
📸 तस्वीर: लुइस रोबायो / एएफपी