अशोज २३, २०८२
काठमाडौं, २०८२ असोज २३ — सन् १९८२ मा अन्तर्राष्ट्रिय स्तरमा स्वर्णपदक जित्दै नेपालको नाम उज्यालो बनाएका मार्शल आर्ट खेलाडी जगत गौचन अहिले पुनः चर्चामा आएका छन्। उनले संसारकै पहिलो नयाँ मार्शल आर्ट शैली ‘बज्र विधा’ (Vajra Vidhya) निर्माण गरेको घोषणा गरेका छन्।‘बज्र विधा’ गौचनको दशकौँको अभ्यास, अनुभव र अनुसन्धानको फलस्वरूप विकसित भएको नयाँ प्रकारको आत्मरक्षा र ध्यान–सम्बन्धी मार्शल आर्ट हो। यो विधामा शारीरिक बल, मानसिक सन्तुलन, आत्मनियन्त्रण र बौद्ध दर्शनका सिद्धान्तहरू संयोजन गरिएको छ।गौचनका अनुसार, “बज्र विधा केवल लडाइँको कला होइन, यो आत्म–उन्नति र शान्तिको मार्ग पनि हो।” उनले यसलाई नेपालको मौलिक दर्शन र विश्व मार्शल आर्ट परम्पराको संगमका रूपमा प्रस्तुत गरेका छन्।सन् १९८२ मा एसियन स्तरको प्रतियोगितामा स्वर्णपदक जितेका गौचन नेपाली मार्शल आर्ट समुदायका अग्रणी व्यक्तित्व हुन्। हाल उनले यो विधा अन्तर्राष्ट्रिय रूपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइरहेका छन् र निकट भविष्यमा नेपालमै यसको औपचारिक प्रशिक्षण केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ।यो नयाँ मार्शल आर्टको विकाससँगै नेपाल विश्व मार्शल आर्ट नक्शामा नयाँ अध्यायमा प्रवेश गरेको खेल विज्ञहरूको टिप्पणी छ।