अशोज २३, २०८२
काठमाडौं — मलेसियामा सम्पन्न “W.K.F. Karate 1 Series A” प्रतियोगितामा ६८ के.जी. तौल समूहमा स्वर्ण पदक जितेकी नेपाल प्रहरीकी खेलाडी एरिका गुरुङलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
गुरुङले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो बनाउँदै ऐतिहासिक सफलता हात पारेकी हुन्। विमानस्थलमा नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू, खेलकर्मी, र परिवारजनले उनलाई फूलमाला र अबिरले स्वागत गरेका थिए।
नेपाल प्रहरीका प्रवक्ताले भने,
“एरिका गुरुङको यो उपलब्धिले देशकै खेल क्षेत्रमा नयाँ प्रेरणा थपेको छ। प्रहरी खेलकर्मीहरूको लगन र अनुशासनको यो उत्कृष्ट उदाहरण हो।