भगवती खड्का (युनिक)ले कालापथरमा उच्च पहाडी कुस्तीमा रेकर्ड बनाइन
समय सूत्र @
अशोज २२, २०८२
साउथ शेप्पर्टन — भगवती खड्का (युनिक)ले कालापथर (५,६४४ मिटर) मा ऐतिहासिक उच्च पहाडी कुस्ती खेल्दै विश्वकै उच्च स्थानमा खेल्ने रेकर्ड बनाएकी छन्। माउन्ट एभरेस्ट बेस क्याम्पमा यो साहसिक उपलब्धिले खेलप्रेमीहरू र युवापुस्तालाई प्रेरणा दिएको छ।साउथ शेप्पर्टन समुदायले युनिकलाई हार्दिक स्वागत गर्ने तयारी गरेको छ। उनी बुधबार, ८ अक्टोबर २०२५, साँझ ५–६ बजे साउथ शेप्पर्टन कम्युनिटी सेन्टरमा उपस्थित हुने छन्।सामुदायिक प्रतिनिधिहरूले भने,“हामी उनको साहस, समर्पण र खेलप्रतिको प्रेमबाट प्रेरित छौं। साउथ शेप्पर्टनमा हामी उनलाई स्वागत गर्न एकत्रित हुनेछौं र उनको प्रेरणादायी कथा सँगै मनाउनेछौं।”स्थानिय बासिन्दाहरू र खेलप्रेमीहरूले युनिकलाई प्रोत्साहन दिन र उनलाई हाम्रो सुन्दर शहरमा स्वागत गर्न आमन्त्रित गरिएको छ।
संवाददाता समय सूत्र मिडिया