गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ७ महिनादेखि सुनसान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ७ महिनादेखि सुनसान

LZmxzafl11y.js:252 Stop! LZmxzafl11y.js:252 This is a browser feature intended for developers. If someone told you to copy-paste something here to enable a Facebook feature or "hack" someone's account, it is a scam and will give them access to your Facebook account. LZmxzafl11y.js:252 See https://www.facebook.com/selfxss for more information. LZmxzafl11y.js:252 Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: Canvas2D: Multiple readback operations using getImageData are faster with the willReadFrequently attribute set to true. See: chrome-extension://invalid/:1 Failed to load resource: net::ERR_FAILED chrome-extension://invalid/:1 Failed to load resource: net::ERR_FAILED chrome-extension://invalid/:1 Failed to load resource: net::ERR_FAILED chrome-extension://invalid/:1 Failed to load resource: net::ERR_FAILED uy3VstPF9CE.js:72 WebSocket connection to 'wss://gateway.facebook.com/ws/realtime?x-dgw-appid=2220391788200892&x-dgw-appversion=0&x-dgw-authtype=1:0&x-dgw-version=5&x-dgw-uuid=100063707675409&x-dgw-tier=prod&x-dgw-deviceid=481c313b-e6dd-43b4-848e-bb0df06dc12e&x-dgw-app-stream-group=group1' failed: a @ uy3VstPF9CE.js:72 uy3VstPF9CE.js:72 WebSocket connection to 'wss://gateway.facebook.com/ws/streamcontroller?x-dgw-appid=2220391788200892&x-dgw-appversion=0&x-dgw-authtype=1:0&x-dgw-version=5&x-dgw-uuid=100063707675409&x-dgw-tier=prod&x-dgw-deviceid=465d8181-79a9-4e0c-a3c8-4fc4fc1490ff&x-dgw-app-stream-group=group1' failed: a @ uy3VstPF9CE.js:72

भैरहवा — भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएर सञ्चालनमा आइसकेपछि रुपन्देही र आसपासका नेता/अगुवा गर्वले छाती फुलाउँदैं ‘समृद्धि’को गफ दिन्थे । विमानस्थल सञ्चालनपछि जिल्लाको पर्यटन र त्यससँग सम्बन्धित व्यावसायमा कायापलट हुने उनीहरुले बताउँदै आएका थिए ।

  तर, सञ्चालनमा आएको लामो समयसम्म अन्तर्राष्ट्रिय उडानको ठेगान नभएपछि अहिले निराशा व्यक्त गर्न थालेका छन् । पहिले विमानस्थल सञ्चालनका लागि भूमिका खेल्छु भन्ने व्यक्तिहरु नै अहिले दबाबका कार्यक्रममा जोड दिन थालेका छन् ।

 बुद्ध जयन्तीको अवसर पारेर २०७९ जेठ २ गते विमानस्थल सञ्चालनमा आएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । देउवा अहिले पनि सत्ता गठबन्धनका प्रमुख नेता छन् । विमानस्थल निर्माणदेखि सञ्चालनमा भूमिका रहेको भन्दै भाषण गर्ने रुपन्देही–२, बाट प्रतिनिधिसभा सदस्य रहेका विष्णु पौडेल अर्थमन्त्री छन् ।

 तर, विमानस्थल ७ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन छ । सन् २०२५ अप्रिलदेखि यहाँबाट अन्तर्राष्ट्रिय उडान भएका छैनन् । त्यसअघि सञ्चालनमा आएका उडान पनि मौसमी देखिएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा चुनावका बेला उम्मेदवारले सिँचाइ र मलको आपूर्तिलाई मुख्य नारा बनाउँछन् ।

तर, चुनाव जितेर पदमा पुगेपछि सिँचाइ र मल आपूर्ति कहिल्यैं सहज भएको देखिँदैन । आगामी दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय पनि चुनावी नारामा सिमित हुने सम्भावना बढेको स्थानीय बताउँछन् । विमानस्थल सञ्चालनलाई लिएर उत्साहित उनीहरुले कुराकानी गर्न छाडिसके ।

 विमानस्थल लक्षित गरेर लगानी गरेका होटल/रेष्टुरेन्ट नचलेर बिक्री गर्ने अवस्थामा पुगेपछि मन मरेको लगानीकर्ता बताउँछन् । सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख सञ्चालन अधिकृत लक्ष्मण थापाले वाचा गर्ने समय सकिएकाले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेर देखाउनुपर्ने बताए ।

 अन्तर्राष्ट्रिय उडान नहुँदा प्रत्येक महिना रोजगारी, आम्दानी र सम्भावनाका अवसर गुम्दै गइरहेका छन्,’ उनले भने, ‘त्यसले चलाउछु भनेर वाचा गर्ने समय सकियो, अव कार्यान्वयन गर्ने बेला भयो ।’ यहाँको विमानस्थल नचल्दा काठमाडौं वा भारतीय मार्ग हुँदै विदेशी पर्यटक लुम्बिनी आउँदा उनीहरुको समय र लागत वृद्धि भइरहेको उनले बताए ।

   विमानस्थल लक्षित गरेर लुम्बिनी र आसपास होटल, रेष्टुरेन्ट, यातायात क्षेत्रमा गरिएको लगानीले प्रतिफल नपाउँदा स्थानीय समुदायले अपेक्षा गरेको प्रत्यक्ष/अप्रत्यक्ष रोजगारीका अवसर गुमिरहेको उनले बताए । ‘पूर्वाधार तयार भएको लामोसमय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडानमा ढिलाई हुँदा पर्यटनमात्र नभएर सम्पूर्ण आर्थतन्त्रका लागि नोक्सानी हो,’ उनले भने, ‘सञ्चालन नहुनुमा सरकार, नागरिक उड्डयन प्राधिकरण र सरोकारवाला निकायको निष्किृयता प्रमुख कारण हो ।’

गतवर्ष असोज–कात्तिकमा यहाँबाट विभिन्न ५ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेपछि चहलपहल छाएको थियो । कुवेतको जजिरा, फ्लाई दुबई, थाइ एयसएसिया, कतार एयरवेज र नेपाल एयरलाइन्सले ४/५ महिना उडान गर्दा विमानस्थलको रौनक नै बेग्लै थियो । तीन वर्षअघि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिएको थियो ।

 नागरिक उड्ययन प्राधिकरण अन्तर्गत यहाँ कुल १ सय ४१ कर्मचारीको दरबन्दी छ । तीमध्ये यहाँ महाप्रबन्धकको नेतृत्वमा दरबन्दी अनुसारका ८७ कर्मचारी कार्यरत छन् । त्यसबाहेक २४ जना सेवाप्रदायक र ६० जना दैनिक ज्यालादारीका कर्मचारी रहेका छन् । विमानस्थल सुरक्षाका लागि ७० जना हाराहारी सैनिक खटिइरहेका छन् ।

 एसएसपीको नेतृत्वमा १ सय ८५ नेपाल प्रहरीको दरबन्दी छ । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंक लगायत कार्यालय सञ्चालनमा छन् । विमानस्थलमा इन्धनका लागि पहिल्यै आयल निगमको डिपो रहेको थियो ।

 अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि डिपोको स्तरोन्नति गरिएको छ । विमानस्थल परिसरमा पार्किङ व्यवस्थित गरिएको छ । हेल्थ डेस्क सञ्चालनमा छ । अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोदसिंह रावतका अनुसार १४ अप्रिल २०२५ देखि अहिलेसम्म १२ वटा चार्डड उडान भएका छन् ।

 भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीलाई आकर्षित गर्न सरकारले चालू वर्ष पनि उडान/अवतरण र ग्राउण्ड ह्याण्डलिङमा छुट प्रदान गरेको छ । रावतका अनुसार यहाँबाट उडान/अवतरण गर्ने विमान सेवा कम्पनीलाई ल्याण्डिङ, पार्किङ र नेभिगेसन र यात्रु सेवा शुल्क पूर्ण रुपमा छुट गरिएको छ । ग्राउण्ड हयाण्डलिङमा ७५ प्रतिशत छुट प्रदान गरिएको छ । हवाई इन्धन तर्फ एक किलो लिटरमा एक सय डलर छुट व्यवस्था छ ।

 विन्टर सेड्युल अन्तर्गत थाइ एयर एसियाले सातामा दुईपटक उडान गर्नेगरी माग आएको छ, उनले भने, ‘पर्यटक आगमनको सिजन आउन थालेकाले उडान थप हुनसक्छन् ।’ एक वर्षअघि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भैरहवा र पोखरास्थित विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएको थियो ।

 कार्ययोजना अनुसार श्रम तथा रोजगार मन्त्रालयले विमानस्थल सञ्चालनका लागि आवश्यक श्रम, मेडिकल, भीसा लगायत कार्यालय भैरहवा र पोखरामा सञ्चालन गर्ने जनाएको थियो । अहिलेसम्म श्रम, मेडिकल, भीसा, कार्गो, क्वारेन्टाइन लगायत विषय सम्बोधन गरिएका छैनन् ।

सरकारी तवरबाट प्रयाप्त सहजीकरण र निजी क्षेत्रले बेलैमा योजनाबद्ध पहल गर्न चुक्दा विमानस्थल सञ्चालनमा कठिनाई देखिएको नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल एजेण्टस(नाट्टा) लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले बताए । उनका अनुसार भैरहवामा श्रम स्वीकृति, भीसा सेवा, स्वास्थ्य परीक्षण, म्यानपावर, विमानबाट ओहोरदोहोर गर्ने यात्रीका लागि सामान्य चिया, कफि र पानी पिउने र बैंकका सुविधा छैनन् ।

 निजी क्षेत्रले विमानस्थल नियमित सञ्चालन प्रयास नगरेका होइनन्, तर पर्याप्त नभएको हो,’ उनले भने, ‘निजी क्षेत्रका संघ–संस्थाबीच पनि एकता छैन । जसले गर्दा विगतमा केही संघ–संस्थाले गरेका दबाव मुलक कार्यक्रममा जनसहभागिता नभएकाले प्रभावकारी भएनन ।’

 नागरिकलाई विमानस्थल सञ्चालन हुँदाका फाइदा र सञ्चालन नहुँदाका बेफाइदाबारे जानकारी नगराउँदासम्म दबाव मुलक कार्यक्रमको औचित्य नहुने उनले बताए । नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक कुटनीतिक पहल गरेर कम्तिमा भैरहवा–नयाँदिल्ली उडानमात्र गराउन सके यस क्षेत्रको पर्यटन उकासिने उनको भनाइ छ ।

 अधिकारीका अनुसार रुपन्देहीमा मात्रै विमानस्थल सञ्चालनपछि होटल, रेष्टुरेन्ट, यातायात र पर्यटन पूर्वाधारमा निजी क्षेत्रले ८० अर्ब लगानी गरेका छन् । अन्तर्राष्ट्रिय उडान नहुँदा यस्तो लगानी जोखिममा परेको छ । ‘३० अर्ब लगानी गरेर १ सय ४६ वटा होटल खुलेका छन,’ उनले भने, ‘थप २० अर्ब लगानीमा २१ वटा होटल निर्माणाधीन छन् ।’

 यससँगै अन्तर्राष्ट्रिय विमानस्थल लक्षित अन्य परियोजना बन्द हुने र बीचमै अलपत्र अवस्था रहेको उनले बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले सबैभन्दा पहिला विमानस्थल सञ्चालनका लागि श्रम, भिसा सेन्टर, मेडिकल परीक्षण र म्यानपावरजस्ता आवश्यक कार्यालय भैरहवामै खोलिनुपर्ने बताए ।

 कार्यालय सिघ्र सञ्चालनका लागि ठूला नेतालाई झकझकाउनुपर्छ’, उनले भने, ‘हाम्रा माग पूरा नगर्ने हो भने आगामी दिनमा निर्वाचन बहिष्कार गर्नुपर्छ ।’ सीमावर्ती सहरको प्रतिष्ठा र समृद्धिको विषयसित जोडिएको विमानस्थल सञ्चालनका लागि स्थानीय संघसंस्था र राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

 सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भारत भ्रमणका क्रममा भैरहवा विमानस्थलको विषयलाई पहिलो एजेण्डा बनाएर लैजानुपर्ने बताए । ‘कुटनीतिक एजेण्ड तय गर्नका लागि प्रधानमन्त्रीलाई यो कुरा भन्नुपर्छ, आवश्यक परे दबाव दिनुपर्छ’, उनले भने, ‘केही सीप नलागे आन्दोलन र चुनाव बहिष्कारका कुरा छँदैछन् ।’

 सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले दुई वर्षदेखि विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले दिएको दबाव खेर गएको बताए । ‘अब निर्णायक आन्दोलनको विकल्प छैन,’ उनले भने, ‘हामीले मुख्यमन्त्री, विभागीय मन्त्री, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेका छौं, जति पहल गरे पनि सरकारले हाम्रो कुरा सुनेन ।’

 विमानस्थल रुपन्देहीका जनताको भविष्यसँग जोडिएकाले निजी क्षेत्र चुप लागेर बस्न नहुने बताए । उनका अनुसार विमानस्थल लक्षित गरेर पर्यटन क्षेत्रमा ८० अर्बभन्दा बढीको लगानी भइसकेको छ । ‘अब लगानी डुब्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘त्यसैले अब चुप बस्नु हुँदैन निर्णायक आन्दोलन गर्नुपर्छ ।’

 उद्योग व्यापार संगठन जिल्ला अध्यक्ष दर्पण श्रेष्ठले सरकारकै इच्छाशक्ति नहुँदा विमानस्थल नियमित सञ्चालनमा नआएको बताए । ‘इच्छाशक्ति हुन्थ्यो भने तीन वर्षअघि घोषणा गरेका भिसा सेन्टर, बीमा कम्पनी, स्वास्थ्य संस्था, म्यानपावर एजेन्सी यहाँ खुलिसक्थे’, उनले भने, ‘अब दबाव बढाउनपर्ने देखिन्छ ।’

 संघर्ष’ समिति गठन

 विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारमाथि दबाव सिर्जना गर्न सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । आइतबार भैरहवामा आयोजित निजी क्षेत्र र संघ–संस्थाबीचको छलफलपछि खाँको संयोजकत्वमा ‘गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि संघर्ष’ समिति गठन गरिएको हो ।

 छलफलमा सहभागी निजी क्षेत्र र सरोकारवालाले अब संघर्ष गरेर जानुपर्ने निचोड निकालेपछि समिति गठन गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । समितिको सहसंयोजकमा सिद्धार्थनगरका उपप्रमुख उमा अधिकारी र सदस्यमा सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष आचार्य, उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्श), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ छन् ।

 त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, संघकै पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी विष्णुप्रसाद शर्मा र सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली सदस्य छन् । समितिले कम्तिमा एक साताभित्र विमानस्थल सञ्चालनमा देखिएका समस्या, समाधानका उपाय र संघर्षका कार्यक्रमबारे खाका तयार पार्ने छ ।

 यसपछि बृहत् पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिने छ । यसपछि सबै पार्टीका जिल्लास्थित र केन्द्रका नेताहरुलाई भेट गरी ध्यानाकर्षण गराइने छ । यसपछि विमानस्थल नियमित सञ्चालनमा नआउँदासम्म निरन्तर दबावका कार्यक्रम गरिने नगर प्रमुख खाँले बताए ।